बैतडी– महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ।
Advertisement
शिवनाथ गाउँपालिका-२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो।
स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घट्नास्थलमा गएको छ।