झापा– बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
Advertisement
ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित बिर्तामोड नगरपालिका-८ गरामनी बस्ने ४० वर्षीय अरुण राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ।