• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

गर्मीले झन् दुर्गन्धित बन्याे बाग्मती


बिहिबार, जेठ २५, २०८० मा प्रकाशित

काठमाडाैं– बाघद्वारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्ने वाग्मती नदीले काठमाडौं र ललितपुरको सीमा छुट्याएको छ। धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ। नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन बढाएको छ।

Advertisement

गर्मी सुरुभएसँगै वाग्मतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीयको गुनासो छ। दुर्गन्धका कारण वाग्मती किनारमा बस्न समस्या हुने गरेको छ।

टेकु र कुलेश्वरको बीचमा विष्णुमती नदी र वाग्मती नदीको दोभान छ। दुवै नदी मिसिएर बग्दा सानेपा र बल्खु आसपासका बस्ती बढी प्रभावित छन्। वाग्मती नदीअन्तर्गतका अन्य पुल तथा वाग्मती करिडोरमा पैदलयात्रा गर्ने नाकमुख थुनेर हिँड्छन्। कुलेश्वरमा रहेको फलफूल बजार र बल्खु पुलको छेउमा रहेको तरकारी बजारमा दुर्गन्ध अत्यधिक बढे्को यहाँका स्थानीय बताउँछन्।

थापाथली र कुलेश्वरको सुकुम्बासी बस्तीमा वर्षातको समयमा वाग्मती नदी बस्ती भित्रै पस्ने उनीहरुको भनाइ छ। ललितपुर महानगरपालिका-२ सानेपामा बस्ने सानेपा स्वास्थ्य संस्थाका सचिव सजीव केसीले भने, “हावा चल्यो भने वाग्मती नदीको गन्ध करिब एक किलोमिटर परसम्मको बस्तीमा पुग्छ। नदीबाट आएको गन्धका कारण राति निन्द्रा पर्दैन्, खाना मन लाग्दैन।”

स्वास्थ्य शिविरको कामका लागि जाँदा वाग्मती गाउँपालिकाको प्यूटारसम्म दुर्गन्ध पुग्ने उनले अनुभव सुनाए। “सानेपामा वाग्मती नदीको छेउमै छ नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यलय। यहाँ मन्त्रीदेखि प्रधानमन्त्रीसम्म आउनुहुन्छ तर उहाँहरुलाई वाग्मती नदीको गन्ध कसरी कम गर्न सकिन्छ भन्नेतर्फ चिन्ता नै छैन।” उनले भने।

ललितपुर उपमहानगरपालिका-२ सानेपाका ४५ वर्षीय विशाल शाहीले वाग्मती करिडोर छेउमा पसल व्यवसाय गर्न लागेको वर्षौँ बितेको भन्दै नदीको दुर्गन्ध पनि वर्षौँदेखि उस्तै रहेको बताए। उनले भने‍, “गत वर्ष डेङ्गु बढेका बेलामा हाम्रो पूरै परिवार डेङ्गु सङ्क्रमित भयो। अहिले पनि बेलाबेलामा हैजालगायत सङ्क्रमित रोग देखा पर्छन्। नदीको दुर्गन्धसँग जोडिएको वर्षौँ बितेकाले बानी परिसकेको छ।”

“वाग्मती नदी किनारमा धेरै पार्क छन्। पार्कभित्र मानिस पस्छन् तर दुर्गन्धका कारण धेरै समय टिक्न सक्दैनन्। ललितपुरमा बिपी पार्क, मनमहोन पार्क र शहीद पार्क वाग्मती किनारमा छन्”, बिपी पार्कका इन्चार्ज सञ्जु श्रेष्ठले भने, “धेरै लगानी गरेर पार्क स्थापना गरेका छौँ। पार्कमा मानिस आउँछन् तर दुर्गन्धका कारणले धेरै समय बस्न सक्दैनन्।”

उनले बाग्मती नदीको दुर्गन्धका कारण पार्कमा चहलपहल घटेको बताए । वाग्मती नदीको किनारमा बस्ने सुनकुमारी गुरुङले फागुन सुरु हुने वित्तिकै वाग्मतीको दुर्गन्ध सुरु हुने बताइन्। “फागुन लागेपछि हावा चल्न थाल्छ। हावा चल्यो भने दुर्गन्ध फैलिन्छ र बस्नै गाह्रो हुन्छ। राति निन्द्रा पर्दैन। यहाँ बसेको वर्षौँ भयो तर समस्या सधै उस्तै छ”, उनले भनिन्।

नदीबाट निस्कने दुर्गन्धका कारण नदी आसपासका बासिन्दालाई सास्ती भइरहेको छ। “वाग्मतीबाट निस्कने दुर्गन्धको असर कति छ भन्ने कुरा त हामीलाई थाह छ। वाग्मतीमा ढल मिसाउनेलाई थाहा छैन”, स्थानीयले गुनासो गरे।

बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.