• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

चितवनको डाँडामा सिरक ओढेर सुत्नुपर्दा तराईमा पसिनैपसिना


मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित

चितवन– समाचार सङ्कलनका लागि इच्छाकामना गाउँपालिका-२ को मायाटार पुगेका पत्रकार दीपेन्द्र अधिकारी गएराति सिरक ओढेर सुते। जिल्लाको समथर भूभागमा सिरानी भिज्ने गरी पसिना आइरहेको समयमा पहाडमा भने मौसम शीतल भएको उनलाई महशुस भयो।

Advertisement

यस जिल्लाको तराई भूभागमा तापक्रम हिजोआज ४० डिग्री हाराहारी हुँदा पहाडी क्षेत्रमा ३० डिग्री हाराहारी छ। पहाडी क्षेत्रमा रातको समयमा २० डिग्री हाराहारी तापक्रम रहने गर्दछ। तराईको उधुम गर्मी छल्न भन्दै यहाँका बासिन्दा अन्य जिल्लाका पहाडी क्षेत्र गइरहँदा जिल्लाकै शीतल पहाडी क्षेत्र भने ओझेलमा छ। पहाडी क्षेत्रलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्न सके जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ।

बढ्दो गर्मीसँगै जिल्लामा आउने पर्यटकको सङ्ख्या घट्ने गर्दछ। जिल्लाको सदरमुकाम भरतपुरबाट छोटो समयको यात्रामै पुग्न सकिने सितल ठाउँहरु धेरै छन्। इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ पहाडी क्षेत्रहरुमा घरबास (होमस्टे) सञ्चालनका लागि स्थानीयवासीलाई तालिम दिन थालिएको बताउँछन्। क्रमशः उनीहरुलाई सहयोग गरेर चेपाङ, मगर, गुरुङजस्ता जातिको होमस्टे सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको छ।

निजी क्षेत्रले ती क्षेत्रहरुमा होटल रेष्टुरेन्ट सञ्चालन गर्न चाहेमा आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको उनी बताउँछन्। गाउँपालिकाको हात्तीवाङ, चौकीडाँडा, ज्यान्दाला, मायाटार, याक्राङ, पानडाँडालगायत क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ छ।

उनी भन्छन्, “अधिकांश क्षेत्रमा सडक सञ्जाल पुगिसकेकाले काम गर्न अब कठिन छैन। जिल्लाको तराई भूभागमा चर्काे गर्मी भइरहँदा गर्मी छल्ने गन्तव्यका रूपमा डाँडाका भवनलाई प्रयोगमा ल्याउन सकिन्छ।”

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदी महानगरकै वडा नं २९ मा हिल स्टेसन बनाउने विषयमा छलफल भइरहेको बताउँछन्। सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन लागेको महानगरले पर्यटकीय पूर्वाधारको विकासमा जोड दिएको छ। उनी भन्छन्, “तराई क्षेत्रमा गर्मीका कारण आत्तिएकाहरुलाई रमाइलोपन दिन पहाडी क्षेत्र उपयुक्त हुन्छन्।”

सरकारी तवरबाट आवश्यक पूर्वाधारहरुमा सहयोग गरेर निजी क्षेत्रलाई हिल स्टेसनमा लगानी गर्न अनुरोध गर्नुपर्ने र जिल्लाका मात्रै नभएर बाहिरका पर्यटक तान्ने गन्तव्य बनाउन पनि पहाडलाई लनि सकिनेमा पर्यटन विज्ञ सुवेदी जोड दिन्छन्।

होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुके जिल्लाका पहाडी क्षेत्रका डाँडाहरु पर्यटकीय गन्तव्यका हिसाबले उपयुक्त रहेको बताउँछन्। छोटो समयमा पुग्न सकिने भएकाले ती ठाउँहरुमा पूर्वाधार बनाउन सकेमा आन्तरिक र बाह्य पर्यटक तान्न सकिने उनको बुझाइ छ।

गर्मी महिनामा जिल्लामा पर्यटक कम आउने भएकाले यो समयमा पर्यटकका लागि चिसो ठाउँमा पर्यटकीय पूर्वाधार हुनुपर्नेमा अध्यक्ष चुकेको भनाइ छ।

जिल्लामा यतिबेला शिक्षण संस्थाहरु बढ्दो गर्मीका कारण बन्द भएका छन्। जिल्लावासीलाई गर्मी छल्नका लागि घुम्न सकिने नजिकका गन्तव्यस्थल कम छन्। आफ्नै जिल्लाभित्रका नजिकैका डाँडाहरु चिसो भए पनि पर्यटकीय पूर्वाधार कमीका कारण आरामले रात बिताउने ठाउँ कमै छन्।

मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.