• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

क्यानाडामा १७ लाख ९२ हजार आप्रवासीका आवेदनमाथि निर्णय बाँकी


सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित

Advertisement

ओन्टारियो- क्यानाडामा १७ लाख ९२ हजार आप्रवासीका आवेदनमाथि निर्णय प्रक्रिया टुंगिन बाँकी देखिएको छ। इमिग्रेसन, रिफ्युजीज एण्ड सिटिजनशीप क्यानाडा (आइआरसीसी) ले त्यति आवेदनमाथि प्रक्रिया टुंगो लगाउन बाँकी रहेको देखिएको हो।

२०२१ अक्टोबर २७ सम्मको तथ्यांकअनुसार आप्रवासीका विभिन्न कार्यक्रमअन्तर्गत दिइएका आवेदनको प्रक्रिया सम्पन्न हुन बाँकी छ। इकोनोमिक, फेमिली, रिफ्युजी र ह्युमनिटरियन क्लास अन्तर्गतका ५ लाख ४८ हजार आवेदन क्यानाडामा स्थायी बसोबासका लागि प्रक्रियामा छन्।

यसैगरी स्टडी पर्मिट, वर्क पर्मिट, टेम्पोररी रेसिडेन्ट भिसा र भिजिटर एक्स्टेन्सन अन्तर्गत ७ लाख ७६ हजार अस्थायी बसोबासका लागि दिइएका आवेदन रहेको जनाइएको छ। यस्तै अक्टोबर २६ सम्मको तथ्यांकअनुसार क्यानेडीयन नागरिकताका लागि दिइएका आवेदनको संख्या ४ लाख ६८ हजार रहेको आइआरसीसीले जनाएको छ।

सबै कार्यक्रमअन्तर्गत गरी कूल १७ लाख ९२ हजार आवेदन प्रक्रियामा रहेको जनाइएको छ। जुलाइयता करिब ३ लाख ५० हजार आवेदन बढेको आइआरसीसीको भनाइ छ। अगस्टमा प्रकाशित एउटा रिपोर्ट अनुसार क्यानाडामा स्थायी बसोबासका लागि परेका आवेदनको संख्या ३ लाख ७५ हजार छ।

यो २०२१ जुलाइ ६ सम्मको तथ्यांक हो। यस्तै अस्थायी बसोबासका लागि दिइएका आवेदनको संख्या ७ लाख ३ हजार रहेको छ। क्यानाडाको नागरिकताका लागि उक्त अवधिमा ३ लाख ७० हजार आवेदन परेको तथ्यांक छ। ती सबै आवेदनहरु आइआरसीसीको अध्ययन प्रक्रियामा छन्। कोभिड-१९ महामारीका कारण लगाइएको यात्रा प्रतिबन्धलगायत विभिन्न कारणले प्रक्रिया टुंगिन बाँकी आवेदनहरुको संख्या धेरै भएको जनाइएको छ।

सकेसम्म बढीभन्दा बढी आवेदनको प्रक्रिया चाँडै टुंगो लगाउने योजना भए पनि विशेष परिस्थितिका कारण विलम्ब भएको आइआरसीसीका प्रवक्ताले यहाँका सञ्चार माध्यमलाई जानकारी दिएका छन्। अबका दिनमा सक्दो चाँडो प्रक्रिया टुंग्याएर धेरैभन्दा धेरै आप्रवासीलाई क्यानाडामा स्वागत गर्ने योजना रहेको प्रवक्ताको भनाइ छ। महामारीका बेला आइआरसीसीले प्रक्रिया टुंग्याएका आवेदनको संख्या पनि सार्वजनिक गरिएको छ।

जसअनुसार २०२१ जनवरीदेखि सेप्टेम्बरसम्म स्थायी बसोबासका लागि दिइएका ३ लाख ३७ हजार आवेदनको प्रक्रिया टुंगो लगाइएको थियो।यसअघि २०२० मा करिब २ लाख १४ हजार आवेदनको टुंगो लागेको थियो।

यस्तै अस्थायी बसोबासका लागि दिइएका १५ लाख आवेदनको प्रक्रिया २०२१ जनवरीदेखि सेप्टेम्बरसम्म टुंग्याइएको थियो। २०२० मा त्यस्ता १७ लाख आवेदनको प्रक्रिया टुंगो लागेको थियो।क्यानाडाको नागरिकता लिनका लागि दिइएकामध्ये जनवरीदेखि सेप्टेम्बरसम्म १ लाख ३४ हजार आवेदनको टुंगो लागेको जनाइएको छ। २०२० मा नागरिकताका करिब ८० हजार आवेदनमा टुंगो लागेको थियो।

सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • २.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ३.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ४.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ५.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ६.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ७.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.