काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३२ रुपैयाँ १६ पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४० रुपैयाँ ८० पैसा र बिक्रीतर्फ १४१ रुपैयाँ ४४ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६३ रुपैयाँ ८१ पैसा र बिक्रीमा १६४ रुपैयाँ ५५ पैसा तय गरिएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८६ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४३ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ३० पैसा र बिक्रीमा ९७ रुपैयाँ ७४ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९ रुपैयाँ ४६ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ५० पैसा र बिक्रीमा १८ रुपैयाँ ५९ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ८ पैसा र बिक्रीमा ३५ रुपैयाँ २४ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ८२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९८ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ५२ पैसा र बिक्रीमा २८ रुपैयाँ ६५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९६ पैसा र बिक्रीतर्फ १० रुपैयाँ १ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ५४ पैसा तथा बहराइनको दिनार खरिदमा ३४८ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३५० रुपैयाँ ५४ पैसा तय गरिएको छ।