विराटनगर– जनता समाजवादी पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
Advertisement
जसपा कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट बाहिरिने र स्वास्थ्यमन्त्री निर्मला सुब्बालाई फिर्ता बाेलाउने निर्णय गरेकाे हाे।
बुधबार सुनसरीको इटहरीमा जसपा कोशी प्रदेश समितिको बैठक बसेकाे थियाे।