चितवन- ईच्छाकामना गाउँपालिका-४ चुमखोलास्थित सडकमा मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ग.१०प ८१११ नम्बरको मोटरसाइकल मंगलबार बिहान आफै अनियन्त्रित भई त्रिशुली नदीमा खस्दा मोटरसाइकलमा सवार धादिङ शिद्धलेक गाउँपालिका-२ बस्ने ४१ वर्षीया शान्ती न्यौपानेको मृत्यु भएको छ ।
Advertisement
त्रिशुली नदीमा मोटरसाइकल खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुरिनटार र ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शान्तीको शव फेला पारेको हो । साथै बेपत्ता भएका मोटरसाइकल चालक मृतककै श्रीमान ४७ वर्षीय मेघ बहादुर न्यौपानेको प्रहरीले खोजी गरिरहेको छ ।