काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५१ पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४१ रुपैयाँ ३५ पैसा र बिक्रीतर्फ १४१ रुपैयाँ ९९ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६२ रुपैयाँ ८७ पैसा र बिक्रीमा १६३ रुपैयाँ ६१ पैसा तय गरिएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८६ रुपैयाँ २४ पैसा र बिक्रीमा ८६ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ४८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९३ तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९ रुपैयाँ ४५ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ६४ पैसा र बिक्रीमा १८ रुपैयाँ ७३ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३५ रुपैयाँ १७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३३ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ६४ पैसा र बिक्रीमा २८ रुपैयाँ ७८ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९६ पैसा र बिक्रीतर्फ १० रुपैयाँ १ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२८ रुपैयाँ ७९ पैसा र बिक्रीमा ४३० रुपैयाँ ७४ पैसा तथा बहराइनको दिनार खरिदमा ३४९ रुपैयाँ ९० पैसा र बिक्रीमा ३५१ रुपैयाँ ४९ पैसा तय गरिएको छ।