काठमाडौं– काठमाडौंको नयाँ बानेश्वरमा समाजवादी केन्द्र, नेपालका अध्यक्ष युवराज पौडेल (सफल)
माथि कुटपिट भएको छ।
Advertisement
स्वतन्त्र नागरिक आन्दोलनले नागरिकता विधेयकको विरोधमा आयोजना गरेको प्रदर्शनमा सहभागी सफल हुन गएका सफलमाथि सोम शर्मा र विप्लव खड्का लगायतको समूहले कुटपिट गरेको हो।
रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा हालेर सामाजिक सञ्जालमा निकै भाइरल भएका सफललाई खड्का लगायतको समूहले जिस्काउँदा सफल जंगिएका थिए। सफल जंगिएपछि आक्रोशित बनेकाे भिडले उनीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ।
अहिले प्रहरीले खड्का लगायत केहीलाई नियन्त्रणमा लिएको बताएकाे छ।