सिरहा- जिल्लाको बरियारपट्टी गाउँपालिका-३ नवटोलीस्थित राजदेवी मन्दिरबाट गरगहना चोरी भएको छ।
Advertisement
ती धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका-१ का २८ वर्षीय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
उक्त मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन र चाँदीका गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी सिरहाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
उनको साथबाट सुन र चाँदीका विभिन्न चोरीका सामान र उनले प्रयोग गरेको बा२६प ७३४९ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।