काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा कायम गरेको छ । डलर हिजो खरिदमा १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा थियो।
यस्तै, युरो आज खरिदतर्फ १४१ रुपैयाँ ६५ पैसा र बिक्रीतर्फ १४२ रुपैयाँ ३० पैसा कायम गरिएको छ । युरो हिजो खरिदमा १४१ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५३ पैसा थियो ।
बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६३ रुपैयाँ २४ पैसा र बिक्रीमा १६३ रुपैयाँ ९८ पैसा तय गरिएको छ । पाउन्ड स्टर्लिङ हिजो खरिदमा १६३ रुपैयाँ ३१ पैसा र बिक्रीमा १६४ रुपैयाँ ५ पैसा थियो ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८६ रुपैयाँ २४ पैसा र बिक्रीमा ८६ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ १३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५७ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९ रुपैयाँ ५१ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ६९ पैसा र बिक्रीमा १८ रुपैयाँ ७७ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३५ रुपैयाँ २२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३८ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ २३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ५६ पैसा र बिक्रीमा २८ रुपैयाँ ६९ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९५ पैसा र बिक्रीतर्फ १० रुपैयाँ कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२९ रुपैयाँ ५१ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४६ पैसा तथा बहराइनको दिनार खरिदमा ३५० रुपैयाँ ३९ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ९९ पैसा तय गरिएको छ।