काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ ।
Advertisement
हिजो प्रतितोला १ लाख १० हजार रुपैयाँ तोकिएको छापावाल सुनको भाउ आज पनि सोही कायम भएको छ ।
तेजाबी सुनको मूल्य पनि हिजोकै दर प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
आज नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला १ हजार ३८५ रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँ घटेर १ हजार ३७५ रुपैयाँ प्रतितोला कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।