• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

बाँकेको वर्फानी बाबा आश्रम क्षेत्र सरसफाइ


आइतबार, जेठ ०७, २०८० मा प्रकाशित

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिका-४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रको सरसफाइ गरिएको छ। स्थानीय युवाको सक्रियतामा शनिबार आश्रम क्षेत्रको सरसफाइ गरिएको हो।

Advertisement

आश्रममा भारत र नेपालका भक्तजनका घुइँचो लाग्ने गरेको छ। उक्त आश्रमलाई व्यवस्थित गरी पर्यापर्यटनको विकास गर्ने उद्देश्यले सरसफाइ गरिएको सरसफाइ महाअभियानका संयोजक हेमन्त चौधरीले बताए।

उनले आश्रम पुग्ने सडक मर्मत गरिनुका साथै चौडा गरिएको बताए। ‘वर्फानी बाबालाई चिनाऔँ, सरसफाइ अभियानमा सहभागी बनौैँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अभियानमा सहभागीले सडकमा उम्रेका झार, काठ, सुकेका रुख हटाएको संयोजक चौधरीले जानकारी दिए।

“यो आश्रम हामी स्थानीयका लागि धार्मिकसँगै पर्यटनको दृष्टिकोणले जोडिएको छ”, उनले भने, “यहाँको सबै कुरामा हामी युवाले नै ध्यान दिनुपर्ने हाम्रो कर्तव्य र जिम्मेवारी भएको हुनाले हामीले सरसफाइ अभियानलाई सुरु गरेका हौँ।”

सरसफाइ ‘महाअभियान’को पहिलो दिन युवाको उत्साहपूर्ण सहभागिताले अभियानलाई निरन्तरता दिन थप हौसला मिलेको बताउँदै सरसफाइ तथा सडक मर्मतलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

“अभियानमा देखिएको सहभागिताले असाध्यै उत्साहित भएको छु”, उनले भने, “युवाको सहभागिताले आफ्नो गाउँठाउँको धार्मिक पर्यटकीयस्थलको विकासका लागि अरुको मुख ताक्नुभन्दा आफैँले गर्न सक्ने सन्देश दिएको छ।”

सरसफाइ अभियानमा सहभागी भएका राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारूले वर्फानी आश्रममा धार्मिक पर्यटकको सङ्ख्या वृद्धि तथा पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले यसअघि नै शिव मन्दिर निर्माण गरेको बताए। उनले धार्मिक पर्यटनले राप्तीसोनारीको आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

सरसफाइ अभियानमा सहभागी राप्तीसोनारी गाउँपालिका-२ का वडाध्यक्ष ज्ञानेन्द्रराज ओली (ज्ञानु)ले आश्रम क्षेत्रमा शौचालयको व्यवस्था नहुँदा दुर्गन्ध फैलिनुका साथै प्लाष्टिकको बोत्तल, गिलास, प्लेट जथाभावी फालेका कारण फोहर थुप्रिँदै गएको बताउँदै सरसफाइ गर्न आवश्यक रहेको बताए।

“यो ठाउँ आस्थाको मन्दिरसँगसँगै पर्यटनसँग पनि जोडिएको हुनाले यहाँ भक्तजनसँगै पर्यटक पनि आउने भएकाले उनीहरूका लागि शौचालयको र फोहर फाल्नका लागि व्यवस्थापन नभएको हुँदा जथाभावी फोहर फाल्ने र शौच गर्ने हुनाले पनि यो क्षेत्र दुर्गन्धमय बन्दै थियो”, उनले भने, “यस विषयमा समयमै विचार नगरिएको हुन्थ्यो भने भोलिका दिनमा यहाँ दर्शन गर्न र घुम्नका लागि आउनेको भीड कम हुँदै जाने सम्भावना बढी देखिन्थ्यो।”

सरसफाइ अभियानमा राप्तीसोनारी गाउँपालिका-२ का वडाध्यक्ष ओली, ४ का वडाध्यक्ष मीनराज खड्का, ६ का वडाध्यक्ष लबराज खरेल, इलाका प्रहरी कार्यालय धामपुर, इलाका प्रहरी कार्यालय नरैनापुरको समेत सहभागिता रहेको थियो।

सहभागी युवाले आश्रम क्षेत्रमा रहेका फोहर बटुलेर विसर्जन गरेका थिए। कार्यक्रमका सहभागीले हातमा राष्ट्रिय झण्डासँगै, कुटो कोदालो, फरुवा, बेल्चालगायतका सामग्री लिएर आश्रम पुगेका थिए।

सरसफाइपश्चात आश्रम परिसरमा रहेको शिव मन्दिरका अगाडि विशाल राष्ट्रिय झण्डा अग्लो स्थानमा गाडेर फहराएको अभियानका संयोजक चौधरीले बताए। अभियान हरेक शनिबार हुनेछ।

आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.