काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४७ पैसा तय गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४२ रुपैयाँ ६२ पैसा र बिक्रीमा १४३ रुपैयाँ २७ पैसा तय गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६३ रुपैयाँ ९७ पैसा र बिक्रीमा १६४ रुपैयाँ ७२ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८७ रुपैयाँ ६१ पैसा र बिक्रीमा ८८ रुपैयाँ १ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ९० पैसा र बिक्रीमा ९८ रुपैयाँ ३४ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४८ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९ रुपैयाँ ६२ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १६ पैसा र बिक्रीमा १८ रुपैयाँ ८४ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३५ रुपैयाँ १६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३२ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ७ पैसा र बिक्रीमा २९ रुपैयाँ २० पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ८९ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९३ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२९ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४३१ रुपैयाँ २६ पैसा तथा बहराइनको दिनार खरिदमा ३४९ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ३८ पैसा तय गरिएको छ।