काठमाडौ- आज पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कोशी, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण विभागको छ। केही क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकाले खासगरी चट्याङ र हावाहुरीबाट हुने जनधनको क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
अहिले देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ। अहिले बिहान देशभरको पहाडी इलाकामा आंशिक बदली रही हिमाल र पहाडमा मौसम सफा छ।
आज दिउँसो पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। पहाडका केही स्थानमा तथा लुम्बिनी प्रदेशका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी प्रदेशसहिथ देशका पहाडी इलाकामा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने अनुमान छ। कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।