• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

नक्कली शरणार्थीका भीआईपी दलालहरू जोगिने जोखिम


मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित

काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाउने ‘भीआईपी दलाल’हरू धमाधम पक्राउ पर्दै गर्दा तिनलाई संरक्षण गर्ने अझ ठूला दलालहरू पनि कानूनी दायरामा आउँछन् त ? विज्ञहरू भने अहिले पक्राउ परेकाभन्दा उनीहरूलाई संरक्षण दिएर इतिहासकै यस ठूलो राजनीतिक भ्रष्‍‍टाचार काण्ड मच्चाउने मुख्य अभियुक्तहरू जोगिने जोखिम देख्छन्।

Advertisement

यस काण्डमा हालसम्म कांग्रेस नेता एवं पूर्वउपप्रधान तथा गृह मन्त्री बालकृष्‍‍ण खाँण, पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन्। पूर्वमन्त्री खाँणकी पत्नी मञ्‍जु खाँण तथा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणासमेत मुछिएका छन्। आफू यस काण्डमा नमुछिएको स्पष्‍‍टीकरण दिइरहेकी छन्, डा. राणाले।

को हुन् भुटानी शरणार्थी ?

सन् १९९० ताका भुटानबाट लखेटिएर भारतको बाटो हुँदै नेपालमा आइपुगेका नेपालीभाषी भुटानीहरूलाई झापा र मोरङका विभिन्‍न शिविरमा राखिएको थियो। स्वदेशको पर्खाइमा रहेका एक लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान दिन नसकेपछि तेस्रो देश पुनर्वास रोज्‍न बाध्य भएका थिए।

त्यसपछि यूएनएचसीआरले नेपालबाट १ लाख १३ हजार भुटानी शरणार्थीहरूलाई अमेरिका, क्यानाडा, न्युजिल्यान्ड, नर्वे, डेनमार्क, नेदरल्यान्ड, बेलायत र अस्ट्रेलिया गरी आठ देशमा व्यवस्थापन गरेको थियो। तीमध्ये करिब एक लाख शरणार्थीलाई अमेरिकाले व्यवस्थापन गरेको थियो।

तिनै भुटानी शरणार्थीमध्ये ६ हजार जना अझै नेपालमै छन्। उनीहरू झापा र मोरङमा शिविरमै बस्दै आएका छन्।

अहिले तिनै बाँकी शरणार्थीको व्यवस्थापन अन्योलमा परेको छ। र, उनीहरूकै व्यवस्थापनका लागि भन्दै नीतिगत रूपमै भ्रष्‍‍टाचार गरेर नक्कली शरणार्थीहरूको नामावली तयार पारेको विवरण सञ्‍चार माध्यमहरूबाट सार्वजनिक भएको थियो। सोही प्रकरण छानविनका क्रममा सम्भवतः नेपालकै इतिहासको सबैभन्दा ठूलो भ्रष्‍‍टाचार काण्ड बाहिरिएको छ।

सीधै मानव तस्करीको अपराध हुने यस काण्डमा मुछिएका राजनीतिककर्मीहरू को को दोषी छन् भन्‍ने अनुसन्धानबाट खुल्दै जानेछ। अहिलेसम्मको अनुसन्धान हेर्दा ठूला राजनीतिक दल र तिनका ठूलै नेता अनि परिवार तानिने देखिँदै आएको छ।

नेपाल स्वतन्त्र पार्टीका नेता तथा सांसद डा. स्वर्णिम वाग्ले यस प्रकरणमा देशका ठूला राजनीतिक दलका ठूला नेताहरूको संलग्‍नता देख्छन्। र, यसमा गम्भीर अनुसन्धान हुनुपर्ने बताउँछन्। उनको बुझाइमा मानव तस्करीको अपराध राजद्रोह हो।

‘तीन दलका शीर्ष नेताहरू बसेर यो अपराध नै सामसुम पार्ने कोशिस भइरहेको देखिन्छ,’ उनी भन्छन्। ‘मानव तस्करीको कुरा बाहिरिनेबित्तिकै यो विषयमा बोल्दा ममाथि यसलाई अन्तर्राष्‍‍ट्रियकरण गरेको आरोप लागेको छ।’

सांसद अमरेशकुमार सिंह भने यस प्रकरणमा समातिएका पूर्वगृहमन्त्री र पूर्वऊर्जामन्त्री साना माछा मात्र देख्छन्। र, तीभन्दा ठूला माछालाई ढाक्ने कोशिस भइरहेको उनी बताउँछन्।

नेपालको अर्थतन्त्र र प्रजातन्त्र दुवै विदेशीहरूको हातमा रहेको र नेपाली राजनीतिक पार्टीका नेताहरू विदेशीहरूको इशारामा नाच्‍ने कठपुतली रहेको उनी बताउँछन्। ‘नेपाली नागरिकलाई अनागरिक बनाएर भ्रष्‍‍टाचार गर्ने हरेक व्यक्तिको सम्पत्ती छानविन हुनुपर्छ। र, जो जो अनुसन्धानका क्रममा भ्रष्‍‍ट पुष्‍‍टि हुन्छन्, तिनीहरूलाई सजायको दायरामा ल्याउनुपर्छ,’ उनी भन्छन्।

यस्तै, पूर्वमन्त्री तथा भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले सरकारका संयन्त्रहरूमा अनधिकृत घुसपैठको प्रयास भइरहेको बताए। ‘मानव तस्करी गर्नु भनेको राज्यलाई भित्रैदेखि खोक्रो पार्नु हो। मानव तस्करीको फन्दामा परेका व्यक्तिहरूलाई उद्धार गरेका केसहरू सुनिन्छ। तर, जसले तस्करी गरेको छ त्यो व्यक्ति पक्राउ परेको भन्‍ने समाचार सुनिएको छैन,’ उनी भन्छन्, ‘यसमा निश्‍चय पनि ठूला ठालुहरूको संलग्‍नता भएर नै तस्करहरू पक्राउमा नपरेका हुन सक्छन्।’

आफू भारतमा राजदूत छँदा मानव तस्करीमा फसेका धेरै नेपाली नागरिकको उद्धार गरेको उनले स्मरण गरे। तर, त्यो तस्करीको पछाडि को छ भन्‍नेबारे भन्‍ने पत्ता लाग्‍न नसकेको उनको दाबी छ। उनले भने, ‘मानव तस्करीमा संलग्‍न शक्तिशाली समूहहरू कहिल्यै पक्राउ नपर्नुको कारण महा-शक्तिशाली समूह या व्यक्तिले शरण दिएर नै हो।’

अहिलेको प्रकरणबाट देशकै अन्तर्राष्‍‍ट्रिय बेइज्जती भइरहेको उल्लेख गर्दै आचार्यले भने, ‘यो प्रकरणमा मुछिएका व्यक्तिहरू जो अहिले या विगतमा जुनसुकै ओहोदामा छन्, उनीहरू माथि अनुसन्धान भई कानूनको दायरामा ल्याउनुपर्छ।’

मानव तस्करी, नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आफ्नै गृहमन्त्रीलाई पक्राउ गर्नुपर्ने घटना आफैंमा लज्जास्पद रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले बताए। यस प्रकरणको अनुसन्धानमा अख्तियार पनि सक्रिय हुनुपर्ने उनले बताए। भने, ‘नागरिकलाई बेच्‍न सक्नेले भोलि देशलाई नै बेच्‍न सक्दैन भन्‍न सकिँदैन। त्यसकारण यो विषयमा बढीभन्दा बढी बहस भई दोषीलाई सजाय दिन सक्नुपर्छ।’

मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.