• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

चारनाथले हिजो खेत खायो, अब ‘बस्ती’ खाँदैछ


मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित

जनकपुरधाम– चुरेक्षेत्र भएर बग्ने तराई-मधेशका अधिकांश खहरे खोलामा अहिले पानी भेट्न गाह्रो छ। ढुङ्गा, बालुवाको उत्खनन् गर्न खटिरहेका ट्रयाक्टरलगायत साधन एवं मजदूर भने प्रशस्तै भेटिन्छन्।

Advertisement

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा रहेको चारखोला (चारनाथ खोला) पनि अहिले त्यस्तै काकाकूल छ। जब वर्षायाम सुरु हुन्छ, तब अरु खहरेजस्तै यो खोला पनि चुपचाप रहन्न्। त्यसपछि यहाँ पानीसँगै आँसु पनि बग्छन्। हरेक वर्षातमा आसपासका बस्तीको उठिबास, जनधनको क्षति, सयौँ बिघा जमिन कटान र डुबानलगायतका घटनाहरु सुनिन्छन्।

“अहिले सुनसान रहेको यो खोला यस्तै रहन्न, बर्सातमा यसले राक्षसी रुप देखाउँछ र बस्ती उठिबास लाउँछ”, गाउँपालिका-३ भरतपुरका राजेन्द्र दासले भने “बाढीले हरेक वर्ष विपद् निम्त्याउँछ, धनजनको क्षति, खेतीयोग्य जमिन कटान र डुबान हुन्छ। पानी मात्रै होइन हरेक बर्सातमा हाम्रा आँसु बग्छन्।”

चारखोलाको वरिपरि श्रीरामपुर, भरतपुर र जुडी गरी तीन बस्ती छन्। यी तीनै बस्तीमा करिब एक हजार तीन सय परिवारको बसोबास छ। आजभन्दा १५/२० वर्षपहिले खोला पूर्वी भागतिर बगिरहेको थियो। अहिले धार परिवर्तन गरी यिनै गाउँ अर्थात् पश्चिमतर्फ फर्किएको छ भने खोला सोझिएको भँगालोको मुखैमा श्रीरामपुर र भरतपुर छ।

“दश/पन्ध्र वर्षमा ५० बिघाभन्दा बढी नम्बरी जग्गा बगर बनेको छ। पहिले त खेती मात्रै बगायो, अहिले त बस्तीसमेत डुबानमा परिरहेको छ। तत्काल केही नगर्ने हो भने यी बस्तीहरु नै सखाप हुनेछन्”, उनले गुनासो गरे।

अहिले चुरेबाट आएको गेग्र्यानले चारखोला खेती र वस्ती रहेको जमिनभन्दा पनि उचोँ छ। दुई फिटभन्दा बढी पानी आएमा दायरा नाघ्ने अवस्था छ। स्थानीय मोतिलाल दासले खोलाको स्वरुप हेर्दा वर्षायाम नलाग्दै निन्द्रा लाग्न छोडिसकेको बताए।

“तीन बस्तीको पाँच सय बिघा जमिन र गाउँतिर पानी जाने अवस्था छ। यो देखेर वर्षात सुरु नहुँदै निन्द्रा लाग्न छोडिसक्यो। हरेक वर्ष बालबच्चाहरुको बिचल्ली हुन्छ, झन् यो वर्ष त भयावह हुने देखिएको छ”, उनले भने।

उनले स्थानीय जनताले श्रमदान गरी अस्थायी तटबन्ध लगाउँदा र स्थानीय सरकार तथा अरू निकायले हरेक वर्ष केही न केही गर्दा पनि खहरे रोक्न नसकिएको दुखेसो गरे। नागेश्वर दासले दशकौँदेखि स्थानीयको आग्रहअनुसार १०/२० लाखको काम भइरहे पनि त्यसले बर्षातको पहिलो धक्का पनि थेग्न नसकेको बताए।

“खोलामा रहेको पुलको केही माथि राजदेवी मन्दिर रहेको स्थानमा पानीको उकासा हुन्छ। त्यहाँबाट तीव्र गतिमा आएको पानी तीन बस्ती हुँदै सबैलासम्म पुग्छ”, उनले भने, “यो समस्या प्रत्येक चुनावमा नेताका एजेण्डा बन्छन् तर काम भने हुँदैन।”

नगरपालिकाले चालु आर्थिक वर्षमा रु एक करोडभन्दा बढी खर्चेर तारजाली ढुङ्गा लगाएको छ तर यसले पनि धेरै राहत दिन सकेको छैन । “उत्तम विकल्प भनेको नदीलाई डोर्‍याएर बीच भागमा लिनु नै हो तर यसमा कसैको ध्यान गएको छैन”, नागेश्वरले गुनासो गरे।

भरतपुरतर्फ सोझिँदै गरेको खोलाको मुखैमा सानो जग्गा देखाउँदै स्थानीय भरत साहले दुई वर्षअघि परिवारको २७ कट्ठा जमिन खोलाले खाएको पीडा सुनाए। “चारनाथको कटानले एकै रातमा एक/डेढ बिघा सखाप गर्छ। दुई वर्षअघि मात्रै मेरो दाइको २२ कट्ठा र मेरो पाँच कट्ठा जमिन कटान गर्यो । यो बगरमा भरतपुर, उम्राटोल, लवपुरीमा बस्नेतहरुको पनि जग्गा छ”, साहले भने।

वडा नं ३ का अध्यक्ष उद्गार यादवले ठूलो क्षति सन्निकट रहेकाले खेत र बस्तीभन्दा अग्लो रहेको नदी बीचको भाग हटाएर चारपाँच मिटर गहिरो बनाउनुपर्ने बताए। नगर उपप्रमुख तुलसाकुमारी पाण्डेले स्थानीयको मागअनुसार अग्लो भएको खोलालाई गहिरो बनाएर बीचबाट डोर्‍याउन सकेमा मात्रै समस्याको दीर्घकालीन समाधान हुने भएकाले आफूहरु त्यसका लागि छलफलमा रहेको बताइन्।

“जिल्ला समन्वय समिति, जिल्ला दैवी प्रकोप उद्धार समितिका प्रमुख तथा प्रतिनिधिले पटकपटक यहाँको स्थलगत निरीक्षण गर्नुभएको छ” पाण्डेले भनिन् “उहाँहरुसँगको छलफलले निष्कर्ष पाएमा वर्षा लाग्नुअघि नै खोलालाई बीचबाट बगाउने गरी नगरपालिकाकाले काम गर्छ। हामी अनुमतिको पर्खाइमा छाैँ।”

नगरप्रमुख जितनारायण यादवले पनि खोला श्रीरामपुर, भरतपुर, जुडीतर्फ सोझिएकाले यसलाई बीच भागबाट बग्ने स्थिति नबनाएमा तीन गाउँसहित रघुनाथपुर, सबैलालगायत ठाउँको ठूलो भूभागमा क्षति पुग्नेतर्फ सचेत रहँदै रोकथामको उपाय खोज्न जरुरी रहेको बताए। उनले राजमार्गमा भएको पुलको १५ पिल्लरमध्ये पश्चिमतर्फका सबै पिल्लर ‘ब्लक’ भएर चार पिल्लरबाट मात्रै पानी बगिरहेकाले त्यसलाई बीचबाट खोल्ने र पानीको बाटो बनाउने विषयमा छलफल चलिरहेको बताए।

“हाम्रो दायित्व जोखिम अवस्थामा रहेका बस्तीहरुलाई जोगाउने हो। भरतपुरतर्फ रु एक करोडको लागतमा बाँध निर्माण भइरहेको छ र श्रीरामपुरका लागि रु २५ लाख छुट्याएका छौँ तर नदीको अग्लो भाग होचो नबनाएमा यो लगानी पनि बालुवामा पानी हालेजस्तै हुनेवाला छ”, नगरप्रमुख यादवले भने, “त्यसैले जिल्ला समन्वय समिति र सरोकारवाला निकायबाट खोला बीचमा डोर्‍याउने अनुमतिको पर्खाइमा छाैँ। बर्खायाम सुरु हुनुभन्दा पहिले नै यो काम गर्ने हाम्रो योजना छ।”

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले तीनपटक स्थलगत अनुगमन गरी वस्तुस्थितिबारे जानकारी लिइसकेकाले अब समस्याको निकास दिने विषयमा अन्तिम निर्णय गरिने बताए। उनले यसपालि नदी सोझ्याउने काम नगरिएमा बस्ती, खेतीयोग्य जमिन तसहनहस हुनाका साथै ‘लाइफलाइन’का रुपमा रहेको पूर्व-पश्चिम राजमार्गको चारखोलामाथिको पुल भासिएर बन्द हुने जोखिम रहेकाे बताए।

“जोखिमको आङ्कलन त गरिसकेका छौँ। भयावह अवस्था आउन नदिन के गर्ने भन्ने विषयमा तीनपटक अनुगमन र पटक-पटक छलफल भइसकेको छ। अब नदीलाई सोझ्याउनुको विकल्प छैन”, उनले भने, “जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रजिअसँग छलफल भइरहेको छ। विपद् आउनुभन्दा पहिले नै निकास दिनुपर्ने हाम्रो दायित्व हो। त्यसतर्फ हामी केन्द्रित भएका छौँ।”

स्थानीय जयराजकिशोर दासले लाखौँ रकममा टेन्डर लाग्ने खोलाको आम्दानीले नै खोला व्यवस्थापन गरी मानवीय बस्तीलाई जोगाउन सकिने भएकाले समयमै निर्णय गर्न आग्रह गरे। “खोलाको बालुवा जति महत्वपूर्ण छ, त्योभन्दा लाखौँ गुणा महत्वपूर्ण मानव बस्ती छन्। खोलामा यो भयो र त्यो भएन भनेर ठेक्काका कुरा मात्रै सुनिन्छन् तर हामी नागरिकलाई कसरी बचाउने भन्ने विषयमा गम्भीरतापूर्वक बहस भएको छैन” उनले भने।

उनले खोलालाई दोहन गर्दै आम्दानीतर्फ नहेरी मानव बस्तीलाई केन्द्रमा राखी वर्षा सुरु हुनु अगावै ठोस निर्णय गरी कार्यान्वयन गर्न माग गरे।

मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.