काठमाडाैं- नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन्।
Advertisement
साेमबारकाे प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको भन्दै आपत्ति जनाएकी हुन्।
‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ? साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन होइन, दिस इज रेप अफ माइ क्यारेक्टर हो।’ उनले भनिन्।
महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने र आफूले पनि ब्यहोरिरहेको बताउँदै उनले भनिन्, ‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा ब्यहोर्न सक्नुपर्छ, म ब्यहोरिरहेको छु। यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस्।’