• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

बजेट अभावमा नयाँ योजना रोक्दै स्थानीय तह


बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

नवलपरासी- जिल्लामा रहेका स्थानीय तहले चालु आर्थिक वर्षका योजना कटौती गर्न थालेका छन् ।

Advertisement

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका स्थानीय तहले चालु आवमा सञ्चालन हुन बाँकी रहेका योजना कटौती गरी कार्यान्वयनमा रोक लगाउन थालेका हुन्।

सङ्घीय सरकारबाट हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानको अन्तिम किस्तामा ५० प्रतिशत कटौती हुनु, प्रदेश तथा सङ्घबाट प्राप्त हुनुपर्ने राजस्व बाँडफाँटमा तोकिएअनुसार रकम प्राप्त नहुँदा थप नयाँ योजना सम्झौता रोक्नुपर्ने अवस्था आएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले बताए ।

नगरपालिकाको लक्ष्यअनुसारको आन्तरिक आम्दानी उठ्ने सम्भावनासमेत नदेखिएकाले चालु आर्थिक वर्षमा तय गरिएका र कार्यान्वयनमा नगएका थप योजना सञ्चालन गर्नसक्ने अवस्था नभएको उनको भनाइ छ।

“केन्द्रबाट आउनुपर्ने रकम पनि कटौती भएको छ, आन्तरिक स्रोततर्फ लक्ष्यअनुसार राजस्व उठ्नसक्ने अवस्था देखिएको छैन, यसैले चालु आवका बाँकी योजना कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको छ” प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भने।

कावासोतीले चालु आर्थिक वर्षमा करिब रु १४ करोड आन्तरिक आम्दानीको लक्ष्य राखेकामा हालसम्म करिब रु पाँच करोड मात्रै आम्दानी भएको छ। यसले गर्दा आन्तरिक स्रोतबाट तय गरिएका करिब रु नौ करोड बराबरका योजना सञ्चालन हुनसक्ने अवस्था छैन।

कावासोतीले नयाँ योजना सञ्चालन गर्नसक्ने अवस्था नभएपछि थप योजना तथा कार्यक्रम सम्झौता नहुने भनेर सूचना प्रकाशन गरेको छ।

जिल्लाकै मध्यविन्दु नगरपालिकालेसमेत चालु आवमा आन्तरिक आम्दानी लक्ष्यअनुसार नभएको र सङ्घ र प्रदेशबाट आउनुपर्ने रकम घटेका कारण यही वैशाख २१ गते नै सूचना प्रकाशन गरी अर्को निर्णय नहुने समयसम्म नयाँ योजना सम्झौता र कार्यक्रम सम्झौता नहुने जनाएको छ।

विनयी त्रिवेणी गाउँपालिकालेसमेत चालु आवमा सञ्चालन हुन बाँकी रहेका योजना कार्यान्वयनमा रोक लगाएको छ। नयाँ थप योजना सम्झौता नगर्ने भनी पालिकाले सूचना प्रकाशन गरको छ। जिल्लामा रहेका आठ वटा पालिकामध्य सबैजसो पालिकाले चालु आवमा तय गरेका धेरै योजना कटौती गरेका छन्।

वित्तीय समानीकरण अनुदानको अन्तिम किस्तामा ५० प्रतिशत कटौती हुँदा पालिकाका योजना सञ्चालनमा कठिनाइ भएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए। आन्तरिक आम्दानीसमेत घट्दा समस्या भएको उनको भनाइ छ।

जग्गा कित्ताकाट रोकिनु, नदीजन्य पदार्थको खोला ठेक्का नलाग्नु लगायतले पालिकाको स्रोत घटेको हुँदा समस्या उत्पन्न भएको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए। नवलपुरका धेरैजसो पालिकाको आन्तरिक आम्दानीको स्रोतमा नदीजन्य पदार्थ निकासी पर्ने गरेको थियो।

तर चालु आवमा यहाँ रहेका खोलामा पूर्णरुपमा ठेक्का लाग्न सकेको छैन। यसले पालिकाले प्रक्षेपण गरेको आन्तरिक आम्दानी लक्ष्यअनुसार सङ्कलन हुनसक्ने अवस्था छैन। यसकारण चालु आवका योजना प्रभावित बनेका छन्।

बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.