नयाँदिल्ली- इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनअन्तर्गत शनिबारको खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ।
Advertisement
चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिले बलिङको फैसला लिएका थिए। मुम्बईले ८ विकेटको क्षतिमा चेन्नई सामु १३९ रनको लक्ष्य खडा गरेको थियो।
मुम्बईको तर्फबाट निहाल बढैराले सर्वाधिक ६४ रन जोडे। उनीबाहेक सूर्यकुमार यादवले २६ र ट्रिस्टन स्टब्सले २० रन बनाए।
चेन्नईले १४० रनको लक्ष्य १७.४ ओभरमा ४ विकेट गुमाउँदै सहजै प्राप्त गरेको छ। चेन्नईको तर्फबाट डेभन कोनवेले सर्वाधिक ४४ रन जोडेका थिए।