• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

करण केसी बन्लान् त गण्डकीको सर्वोत्कृष्ट खेलाडी?


बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दैै आएको पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करण २३ वैशाखमा पोखरा सभागृहमा हुँदैछ।

Advertisement

गण्डकी प्रदेशका खेलाडी र खेलकुदकर्मीका लागि यो प्रतिष्ठित अवार्ड हो। खेलाडी, प्रशिक्षक, खेलकुद संस्था र खेल पत्रकारले सयौंको उपस्थितिमा प्रतिष्ठित अवार्ड प्राप्त गर्छन्।

खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अघिल्लो वर्ष प्राप्त गरेको सफलताका आधारमा मनोनयनमा परेका खेलाडीमध्ये सर्वोत्कृष्ट छनोट गरी अवार्ड प्रदान दिइन्छ। गण्डकीका खेलाडीले मात्र यसमा सहभागी बन्न पाउँछन्। अवार्डअन्तर्गत वर्ष उत्कृष्ट खेलाडीमा समेत कडा प्रतिस्पर्धा हुने देखिएको छ। यो विधामा क्रिकेटका करण केसी (बागलुङ), आर्चरीका गंगाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदीप खड्का (कास्की) मनोनयनमा परेका छन्।

मनोनयनमा परेका खेलाडीमध्ये खेलमा प्राप्त गरेको उपलब्धीलाई आधार मानेर मञ्चद्वारा गठित छनोट समितिले सर्वोत्कृष्ट खेलाडी छनोट गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए।

‘उत्कृष्ट खेलाडी छनोटका मुख्य आधार नै खेलाडीको प्रदर्शन र उपलब्धी हुन्। सोही आधारमा वर्ष उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गर्नेछौं,’ उनले भने। वर्ष उत्कृष्ट खेलाडीको उपाधि जित्नेले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य करण केसी अलराउन्डर हुन्। राष्ट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेल खेलेका छन् उनले। यस अवधिमा उनले ३१४ रन बनाएका छन्।

करणले नेपाललाई आईसीसी विश्वकप लिग-२ मा शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पुर्‍याउन योगदान दिएका थिए। साथै, आगामी चार वर्षलाई ओडीआई मान्यता जोगाउन शानदार प्रदर्शन गरेका थिए। नेपालका तीव्र गतिका बलर करण लिग-२ मा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा छैटौं स्थानमा थिए।

यस्तै, आर्चरीका कुँवरले गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन स्वर्ण पदक जितेका थिए। व्यक्तिगत रिकर्भ, रिकर्भ पुरुष टोली र रिकर्भ मिक्स टोलीमा उनले स्वर्ण पदक जितेका थिए। आर्चरीमा गण्डकी प्रदेशको टोली च्याम्पियन बनेको थियो।

नेपाली टेनिसका पहिलो वरियताका खेलाडी हुन्, पोखराका खड्का। टेनिसमै १५ वर्षको करिअर पूरा गरेका उनको खेल जीवनको शुरुआत ०६५ सालमा भएको हो। नवौं राष्ट्रिय खेलकुदमा उनले तीन स्वर्ण जितेका थिए। ‘मेन्स सिंगल’, ‘मेन्स डबल’ र ‘टिम इभेन्ट’मा स्वर्ण पदक जितेका थिए। खड्काले सिटिजन बैंक ओपन टेनिस प्रतियोगिताको पुरुष एकल र डबल्समा समेत स्वर्ण पदक हात पारेका थिए।

वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरी कूल सातवटा विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले ३५ हजार रुपैयाँका साथमा ट्रफी पाउने छन्। ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा मञ्चले गरिसकेको छ। मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ।

बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश
अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.