काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीहरूमाथि कारवाही र पीडितलाई राहत दिने अध्यादेश जारी गरेका छन्।
Advertisement
राष्ट्रपति पौडेलले बुधबार ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ जारी गरेका हुन्। मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो।
मंगलबारको मन्त्रिपरिषद बैठकले उक्त अध्यादेश राष्ट्रपतिलाई पेश गर्ने निर्णय लिएको थियो। अध्यादेशमा मिटरब्याजलाई अनुचित लेनदेनको रूपमा परिभाषित गरेको छ। र, त्यस्तो लेनदेनलाई गैरकानूनी मानिएको छ।
मिटरब्याज पीडितहरूसँग १७ चैतमा भएको सहमतिअनुसार अध्यादेश आएको हो।