काठमाडौं- तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
Advertisement
काठमाडौं प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौंबाट टोपबहादुर रायमाझी र उनका छोरा विरुद्ध पक्राउ पुर्जी लिएको हो।
नक्कली भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब नौ सय जनालाई ठगी गरेको प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो।
साेही प्रकरणमा संलग्न रहेकाे आराेपमा तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा. इन्द्रजित राईसहित ७ जना पक्राउ परिसकेका छन्।