काठमाडौं- एसीसी प्रिमियर कप क्रिकेटमा यूएईलाई पराजित गरेका खेलाडीलाई सरकारले प्रोत्साहनस्वरुप जनही ६ लाख रुपैयाँ दिने भएको छ।
Advertisement
आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारकर्मीहरूलाई जानकारी दिइन्। उनका अनुसार टिमका अफिसियलहरूलाई पनि जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको छ।
मंगलबार सम्पन्न प्रिमियर कपको फाइनलमा नेपाली टिमले यूएईलाई हराएको थियो। त्यससँगै नेपाल एसिया कप क्रिकेटमा छनोट भएको छ।
मन्त्रिपरिषद बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ।