• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

लोकप्रिय बन्दै ‘अल्पसङ्ख्यकसँग प्रहरी’ कार्यक्रम


बुधबार, बैशाख २०, २०८० मा प्रकाशित

महोत्तरीका गाउँ-गाउँमा पछिल्लो दुई महिनादेखि चलिरहेको ‘अल्पसङ्ख्यकसँग प्रहरी’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ।

Advertisement

वर्षाैँदेखि न्याय, कानुन, प्रहरी, प्रशासनसम्बन्धी जानकारीको अभावमा विभिन्न समस्या झेल्दै आएका जिल्लाका दलित, जनजाति, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायको न्यायमा पहुँच बढाउन जिल्ला प्रहरी कार्यालयले अल्पसङ्ख्यकसँग प्रहरी कार्यक्रम सुरु गरेको हो।

यस कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्ल स्वयं प्रहरी टोलीका साथ जिल्लाको दलित तथा अल्पसङ्ख्यक गाउँ बस्तीमा पुगेर उनीहरुसँग कुराकानी र उनीहरुको सुखदुःख बुझ्न थालेपछि स्थानीय खुलेर प्रहरीसमक्ष आफ्ना समस्या राख्न थालेका छन्।

प्रमुख मल्लले जिल्ला प्रहरी कार्यालयद्वारा अभियानकै रुपमा यस कार्यक्रमको थालनी गरिएको बताए। उनले जिल्ला प्रहरी कार्यालय र मातहतका चौकीका टोली गाउँगाउँमा पुगेर कानुन, न्याय र अपराधबारे जानकारी नभएका दलित, जनजाति र अन्य सीमान्तकृत अल्पसङ्ख्यक समुदायको कानुनमा पहुँच बढाउन जिल्लाभर नै कार्यक्रम सुरु गरिएको बताए।

यस कार्यक्रमअन्तर्गत प्रहरीले अल्पसङ्ख्यक समुदायले सुविधा लिँदा भोग्नु परेको समस्या, गाउँघरमा हुने आपाराधिक घटनालगायतका बारेमा सर्वसाधारणलाई जानकारी गराइरहेका छन्। पुस्ताैँदेखि कुनै पनि घटना हुँदा प्रहरी समक्ष पुग्न नसकेर यी समुदाय अपराध सहन गरेर चुपचाप बस्दै आइरहेका थिए।

अहिले प्रहरी प्रमुखसहितको टोली गाउँमा पुग्दा यी समुदायका व्यक्तिले आफूहरुले भोग्नुपरेका मिटरब्याजको समस्या, छुवाछुतको समस्या, घरेलु हिंसा, महिला हिंसा, मदिरा नियन्त्रण, लागुऔषध प्रयोग र मानव बेचबिखनमा रोक, गरिबीका कारण उपचारमा समस्यालगायतका सामाजिक हिंसा भड्काउने तथा बढाउने तत्वको पहिचान गर्दै यसको न्यूनीकरणमा प्रहरी सक्रिय हुनुपर्ने सुझाव दिएका छन्।

अहिले अल्पसङ्ख्यक समुदायले आफना विभिन्न समस्या प्रहरी समक्ष निर्धक भएर पोखिरहेका छन् भने आफूहरु कुन समस्याबाट कसरी जोगिने भनेर प्रहरी प्रमुखको मुखबाटै सुनेर निक्कै हौसिएको तथा आत्मबल बढेको लोहारपट्टी नगरपालिकाका बासिन्दा लक्ष्मण बैठा बताउँछन्।

समाजमा हुने गरेका आपराधिक घटना न्यूनीकरण र हरेक समुदायको न्यायमा पहुँच दिने उद्देश्यका साथ प्रहरीले गाउँ-गाउँमा चलाएको यो अभियान निक्कै सार्थक रहेको पिपरा गाउँपालिकाकी बासिन्दा सुकेश्वरी देवीले बताइन्।

त्यसैगरी लोहारपट्टीकै बासिन्दा छेदी पासवान, नागेन्द्र पासवानलगायतले अल्पसङ्ख्यकसँग प्रहरी कार्यक्रममा सरिक भएपछि अब आफूहरु पनि आफ्ना हकअधिकार तथा पहुँचका लागि आवाज उठाउन सक्षम भएको र अन्यायमा परेका बेला प्रहरी, प्रशासनसम्म पुग्न आँट आएको भन्दै खुसी व्यक्त गरे।

प्रहरी प्रमुख मल्लले यस कार्यक्रमले प्रहरी र नागरिकबीचको सहकार्य तथा हातेमालोबाट जिल्लामा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गरे।

जिल्लाका विभिन्न पालिकाका बस्तीमा हुने गरेको यस कार्यक्रममा उल्लेख्य रुपमा सर्वसाधारणको उपस्थिति रहने गरेको उनले बताए।

बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.