धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोला पुल नजिकै भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ।
Advertisement
सडकबीचमा ठूलो भ्वाङ परेको र धुनिबेशी नगरपालिका ६ धार्केतर्फ गणेश खोला पुल नजिकै सडक भासिएपछि राजमार्गमा सवारी पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

अहिले दुवैतर्फ सवारी बन्द छ। नगरपालिका र गाउँपालिकासहित सडक पुनः सञ्चालनमा ल्याउन वैकल्पिक बाटो खोज्ने प्रयास जारी छ। भासिएको ठाउँ नआइसकेका सवारी साधनलाई चितवन र नुवाकोट भएर जान सक्ने प्रहरीले सूचना दिएको छ।
गणेश पुल नजिकै आइसकेका साना सवारीलाई वैकल्पिक बाटोबाट पास गराउने प्रयास जारी छ। नियमित रूपमा झैं पृथ्वी राजमार्ग भएर सञ्चालन गर्न समय लाग्ने भएको छ।
