प्रहरी उपरीक्षक(एसपी) आभुषण तिम्सिनाले पदबाट राजीनामा दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत एसएसपी बढुवाप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएकाे बताएका हुन्।
नेपालको संबिधान २०७२ को मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, बिभेद, नातावाद, कृपावादको माखेसाङ्लोबाट नेपाल प्रहरीका क्षमतावान, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरु कहिले मुक्त हुने र कानूनले नचिनेका शक्तिकेन्द्रहरु धाउने क्रम कहिले अन्त्य हुने? जस्ता प्रश्न गर्दै उनी नेपाल प्रहरी सेवाबाट बाहिरिएको बताएका हुन्।
‘अन्यायको शिकार भएका यी तिन दिन र रातहरुमा मैले अन्यायलाई चुपचाप सहनु भनेको अन्यायलाई र अन्यायी प्रबृत्तीलाई थप मलजल र जगेर्ना गर्नु हो भन्ने बिश्वब्यापक धारणालाई गहिरिएर मनन गरेको छु।’ उनले भनेका छन्।
तिम्सिना ०५६ साल असार ३ गतेबाट प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए।