ओखलढुंगा- शनिबार अपराह्न वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ।
Advertisement
जिल्लाको खिजीदेम्बा गाउँपालिका-२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको हो। घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो। उनलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
ओखलढुंगामा चट्याङ लागेर वैशाखमा मात्रै दुई जनाको मृत्यु भइसकेको छ। जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ।