काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३० रुपैयाँ ६३ पैसा र बिक्रीमा १३१ रुपैयाँ २३ पैसा तय गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४३ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४४ रुपैयाँ २० पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६२ रुपैयाँ ७१ पैसा र बिक्रीमा १६३ रुपैयाँ ४६ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ८६ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर खरिदमा ९५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९६ रुपैयाँ १० पैसा, सिँगापुर डलर खरिदमा ९७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रुपैयाँ १३ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ६० पैसा र बिक्रीमा ९ रुपैयाँ ६४ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ८७ पैसा र बिक्रीमा १८ रुपैयाँ ९६ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९९ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ २९ पैसा र बिक्रीमा २९ रुपैयाँ ४२ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ७५ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ८० पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२६ रुपैयाँ ७ पैसा र बिक्रीमा ४२८ रुपैयाँ २ पैसा तथा बहराइनको दिनार खरिदमा ३४६ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३४८ रुपैयाँ ८ पैसा तय गरिएको छ।