• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

यु–१६ राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा


    Avatar photo
बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित

धनगढीमा जारी ‘एनआईबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को सेमिफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलको नतिजासँगै मधेस, लुम्बिनी, बागमती र कोशी प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट मधेस र लुम्बिनी टोली सेमिफाइनल प्रवेश गर्दा समूह ‘बि’ बाट बागमती प्रदेश र कोशी प्रदेशको टोली सेमिफाइनलमा पुगेको छ । मधेश प्रदेशले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलाई पराजित गरेको थियो ।

Advertisement

लुम्बिनीले कर्णाली र सुदूरपश्चिमलाई पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि मात्रै जित निकाल्दा कर्णाली प्रदेश भने अङ्कविहीन भयो ।

समूह ‘बि’ मा बागमती प्रदेश रन रेटका आधारमा समूह विजेता बन्दा समान अङ्क भएको कोशी प्रदेश रन रेटमा पछि पर्दै उपविजेता बनेको थियो । समान अङ्क नै रहेको गण्डकी भने रन रेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिर पुगेको छ । तीन वटै टोलीले एकमा जित हात पार्दा एकमा हार व्यहोरेका थिए । बागमतीले गण्डकीलाई जित्दा कोशीसँग हार व्यहोरेको थियो । कोशी गण्डकी प्रदेशसँग पराजित हुँदा बागमतीसँग विजयी भएको थियो । आज स्थानीय फाप्ला क्रिकेट खेल मैदानमा भएको प्रतिस्पर्धामा जित हात पार्दै लुम्बिनी र मधेस प्रदेशले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

आजको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशमाथि ९० रनको जित हासिल ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले २९ दशमलव दुई ओभरमा सबै विकेट क्षतिमा एक सय ७९ रन बनायो । लुम्बिनीका लागि प्रतीक भट्टराईले ३७ रन, आशिष ओलीले ३३ रन र आरिफ खानले ३१ रन बनाए ।

कर्णालीका लागि लक्की बमले चार विकेट लिँदा दीप पौडेल र विपीन शर्माले दुई÷दुई विकेट लिए । प्रतिउत्तरमा कर्णाली प्रदेशले २४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्रै बनायो । कर्णालीका लागि कमल विष्टले २४ र रोशन शाहीले २२ रन बनाए । लुम्बिनीका लागि सन्तोष यादवले चार विकेट र सागर गैरेले दुई विकेट लिए ।

आजै भएको अर्को खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई एक रनले रोमाञ्चक जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको मधेसले २७ दशमलव पाँच ओभरमा सबै विकेट क्षतिमा १०० रन बनायो । मधेसका लागि अलि अकबर अन्सारीले ३८ रन र चन्दन रामले अविजित २२ रन बनाए । सुदूरपश्चिमका लागि डम्मर माझीले चार विकेट र सचिन मल्ल तथा अशोक धामीले दुई÷दुई विकेट लिए । विजयी लक्ष्य पछ्याएर ब्याटिङ गरेको सुदूरपश्चिम २९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमै समेटिन पुग्यो । सुदूरपश्चिमका लागि मेटिक थापाले २५ र आशिष महरले २० रन बनाए । मधेशका लागि पप्पु यादवले चार तथा सोहन शाहले दुई विकेट लिए । प्रतियोगिताअन्तर्गत यही वैशाख १६ गते पहिलो सेमिफाइनल मधेस र कोसी प्रदेशका बीच तथा दोस्रो सेमिफाइनल बागमती र लुम्बिनी प्रदेशका बीच हुने कार्यतालिका छ ।

बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.