काठमाडाैं- एसिया कप क्रिकेटको छनोटका रूपमा रहेको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले कतारसामु निराशाजनक ब्याटिङ प्रदर्शन गरेको छ।
Advertisement
टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४०.३ ओभरमा १ सय ५७ रन बनाएर अलआउट भयो।
१० औं नम्बरमा आएका सन्दीप लामिछानेले नेपालकाे तर्फबाट अविजित सर्वाधिक ४२ रन बनाए। उनले ललित राजवंशीसँग अन्तिम विकेटमा ४५ रनको साझेदारी गरेपछि नेपालको स्कोरमा केही सुधार बनेको थियो।
५८ बल खेलेका सन्दीपले ६ चौका प्रहार गरे।
समूह चरणको अन्तिम खेल खेल्नु अघि नै नेपाल सेमिफाइनलमा पुगिसकेको छ। कतार अघिल्ला तीन खेल नै हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ।