आज आपराह्न १ बजे बस्ने तय भएको राष्ट्रियसभा बैठक सरेको छ।
Advertisement
बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ।
आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिस्सिनाले शुक्रबार बस्ने गरी निर्धारण गरेका सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।