• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

घाँटीको क्यान्सरमा मुख मैथुन कारक !


बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित

क्यानबेरा- पश्चिमा मुलुकमा दुई दशकयता घाँटीको क्यान्सर अत्यधिक बढेको छ। कतिपयले यसलाई महामारीकै संज्ञा दिएका छन्।

Advertisement

टन्सिलको क्षेत्र र घाँटीको पछाडिको भागमा हुने ओरोफेरिन्जियल क्यान्सर अत्यधिक बढेको छ। यो क्यान्सरको मुख्य कारण हुमन पेपिलोमा भाइरस (एचपीभी) हो। यही भाइरस गर्भाशयको क्यान्सरको पनि मुख्य कारक हो।

ओरोफेरिन्जियल क्यान्सर अमेरिका र बेलायतमा सर्भिकल क्यान्सरको तुलनामा आम समस्या बनेको छ। अनौठो कुरा के भने एचपीभी यौन जीवनबाट सञ्चारित भाइरस हो। खासगरी, मुख मैथुनका कारण यो भाइरस एकअर्कामा सर्छ। र, जीवनभर यौन साझेदारको संख्याले पनि यो भाइरस सर्ने अत्यधिक जोखिम रहन्छ। मुख मैथुन नगर्नेहरूलाई यो भाइरस सर्ने सम्भावना कम हुन्छ। मुख मैथुनमा सहभागी हुनेहरूलाई यो भाइरस सर्ने सम्भावना ८.५ गुणा ज्यादा हुन्छ।

खासगरी, पश्चिमा मुलुकमा मुख मैथुन गर्नेहरू अत्यधिक छन्। एक अध्ययनमा सहभागी एक हजारमध्ये ८० प्रतिशतले मुख मैथुन गर्ने गरेको पत्ता लागेको छ। तथापि, अध्ययनमा सहभागी मानिसमाझ ओरोफेरिन्जियल क्यान्सरको समस्या देखिएन। यसको कारण अज्ञात छ।

एचपीभी भाइरसबाट संक्रमित मानिसलाई निको पार्न सकिन्छ। तर, कतिपयलाई त्यसको प्रभावबाट छुटाउन सकिँदैन। शायद, त्यसको कारण ती व्यक्तिको शरीरमा प्रतिरक्षा प्रणाली कमजोर हुनु हो।

प्रतिरक्षा प्रणाली कमजोर रहेका बिरामीमा पटक-पटक यो भाइरसले समस्या गराउँछ। र, यो क्यान्सरको कारक बन्छ। सर्भिकल क्यान्सर रोक्नका लागि कतिपय मुलुकले युवतीहरूलाई खोप अभियान पनि लागू गरेका छन्। र, त्यो एचपीभी भाइरसको संक्रमण रोक्न पनि प्रभावी बन्ने अनुमान छ।

युवामा हर्ड इम्युनिटी विकसित गरेर एचपीभी भाइरसको संक्रमणबाट बचाउन सकिने अपेक्षा पनि नभएको होइन। त्यसबाट केही दशकमा ओरोफेरिन्जियल क्यान्सरमा कमी आउने अनुमान पनि छ। हर्ड इम्युनिटीले कुनै व्यक्तिलाई सुरक्षा दिन्छ नै भन्ने पनि छैन। खासगरी, देश–विदेश घुमिरहने र विभिन्न मुलुक पुगेर यौनमा आशक्त बन्ने व्यक्तिहरूलाई यो भाइरसको संक्रमणबाट बचाउन सकिने सम्भावना न्यून हुन्छ।

अझ जुन मुलुकमा युवतीहरूलाई सर्भिकल क्यान्सरविरुद्ध खोप दिइएको हुँदैन, त्यहाँ पुगेर यौन गतिविधिमा संलग्न हुने पर्यटकलाई एचपीभी भाइरसको संक्रमण हुने सम्भावना अधिक हुन्छ। अमेरिकामै सन् २०२० मा १३ देखि १५ वर्षका किशोरीहरूमध्ये केवल ५४.३ प्रतिशतलाई मात्र एचपीभी खोपको तीन डोज दिन सकिएको थियो। पछिल्ला वर्षमा बेलायत, अस्ट्रेलिया र अमेरिकालगायत मुलुकले युवालाई पनि एचपीभी खोप लगाउन प्रेरित गर्दै आएका छन्।

कतिपय यस्ता मानिस पनि यही संसारमा बाँचिरहेका छन्, जो एचपीभी खोप अभियानको विरोध गरिरहेका छन्। र, उनीहरू यति धेरै जोखिमका बावजुद स्वछन्द यौन सम्पर्कमा जोड दिन्छन्। तिनीहरू नै मुख मैथुनलाई पनि बढावा दिन चाहन्छन्। हुन त, यस्तै मानिसहरूको झुण्डले अहिले पनि कोरोना भाइरसविरुद्धको खोप अभियानकै विरोध गरिरहेका छन्।

साइन्स अलर्ट डट कमबाट

बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.