काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३० रुपैयाँ ५३ पैसा र बिक्रीमा १३१ रुपैयाँ १३ पैसा तय गरेको छ। हिजो डलरको भाउ खरिदमा १३० रुपैयाँ ७७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३७ थियो।
यस्तै, युरो आज खरिदतर्फ १४४ रुपैयाँ १९ पैसा र बिक्रीमा १४४ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। हिजो युरो खरिदमा १४४ रुपैयाँ ७ पैसा र बिक्रीमा १४४ रुपैयाँ ७३ पैसा थियो।
बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६३ रुपैयाँ १ पैसा र बिक्रीमा १६३ रुपैयाँ ७६ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८६ रुपैयाँ १८ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर खरिदमा ९५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९६ रुपैयाँ २० पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९८ रुपैयाँ २१ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९ रुपैयाँ ८३ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ८५ पैसा र बिक्रीमा १८ रुपैयाँ ९४ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ८० पैसा र बिक्रीमा ३४ रुपैयाँ ९६ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८९ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ २९ पैसा र बिक्रीमा २९ रुपैयाँ ४२ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ७६ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ८० पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२६ रुपैयाँ २२ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १८ पैसा तथा बहराइनको दिनार खरिदमा ३४६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ८३ पैसा तय गरिएको छ।