• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विपद्को पूर्वतयारीलाई नै प्राथमिकता दिनुपर्छ : मन्त्री गुरुङ


    Avatar photo
मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित

सहरी विकासमन्त्री सीता गुरुङले विपद् व्यवस्थापनको सन्दर्भमा काम गर्दा घटना हुनुपूर्वको तयारीलाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा ‘पुनर्लाभबाट उत्थानशीलतासम्म नेपालको हरित, उत्थानशील तथा समावेशी विकास मार्गतर्फको घोषणा कार्यान्वयन गर्ने’ सम्बन्धमा आजदेखि सुरु पहिलो राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्राधिकरणले पूर्वतयारीलाई आत्मसात् गर्दै कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Advertisement

मन्त्री गुरुङले विपद् व्यवस्थापनका लागि सेवासहितको एकीकृत संरचना जरुरी रहेको र कुनै विपद् आइहालेमा तत्कालै त्यो संरचना परिचालन हुने गरी तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले धेरै लगानी गराएर विगतमा गरिएको पुनःनिर्माणका घर मनको घरजस्तो नभएकाले अब हिजोको कार्यशैलीलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । कतिपय प्रभावितलाई भुक्तानी दिन नसकिएको उल्लेख गर्दै उहाँले त्यस समस्याको छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सहरी विकास सचिव सुरेश आचार्यले भूकम्प र बाढीपहिरोका हिसाबले नेपाल उच्च जोखिमा रहेको उल्लेख गर्दै भोलि आउने विपद्लाई सामना गर्नसक्ने गरी तयारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले अहिलेसम्म भएका प्रगति विवरणसमेत जानकारी गराउनुभएको थियो ।

कार्यशालाको उद्घाटन समारोहमा यसअघिको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसपटकको पुनःनिर्माणको काम अन्तर्राष्ट्रिय समुदायसमक्ष पुनःनिर्माणमा नमूनायोग्य काम भएको जिकिर गर्नुभयो । अझै धेरै काम पूरा हुन बाँकी रहेकाले समयमै सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाले इन्जिनियरिङ नभएका एवं ढुङ्गा माटाबाट बनेका घर बढी भत्किएको बताउनुभयो । उहाँले आर्थिक अभावका कारण कतिपय काम गर्न नसकिएको बताउनुभयो । भोलिसम्म चल्ने कार्यशालाको विज्ञका २२ वटा प्रस्तुति रहने जनाइएको छ ।

मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.