काठमाडौं– शेयर बजार आज दोहोरो अङ्कले बढेको छ ।
Advertisement
शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ ।
आज दुई सय ६४ वटा कम्पनीका २७ लाख पाँच सय कित्ता शेयर ८८ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको शेयर आठ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज पिपुल्स पावर कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ ।