काठमाडौं- अहिले बिहान देशको पहाडी इलाकामा मौसम आंशिकदेखि सामान्य बदली छ।
खासगरी, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा छ।
आगामी २४ घण्टामा पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना देखिएकोछ। कोशी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना देखिएको छ। ‘मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति-जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ विभागले भनेको छ।
आज दिउँसो पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ। पहाडका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ। कोशी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।
आज राति कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने विभागको पूर्वानुमान छ।