काठमाडौं- काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरणको तयारी भइरहेको छ।
Advertisement
‘ए ६–एफईडी’ कल सायनको बोइङ ७३७ विमानको इन्जिनमा समस्या आएको हो। विमानलाई आकस्मिक अवतरण गराउने प्रयासस्वरूप अहिले आकाशमा फन्को लगाइरहेको छ।
त्रिभुवन विमानस्थल सुरक्षा प्रहरीका अनुसार इन्जिनमा समस्या आएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको छ।
उडान नम्बर ‘एफजेट ५७६’को विमान ९ बजेर २३ मिनटमा काठमाडौंबाट दुबईका लागि उडेको थियो।