• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

प्रचण्डको फोनलाई रवि लामिछानेसँग जोड्दै फैलाइयो भ्रम


शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोनमा पूर्वी नेपालको तराइलाई पहाडसँग जोड्ने सडक बा रे गरेको संवादलाई पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग जोडेर टिकटकमा फैलाइएको छ।

Advertisement

लामिछानेलाई फसाउन प्रचण्डले युवराज पौडेल (सफल) लाई ५० लाख दिएको प्रमाण हेर्नुहोस् भन्दै उक्त भिडियो सेयर गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेविरुद्ध पौडेलले सर्वाेच्च अदालतमा हालेको नागरिकतासम्बन्धी मुद्दामा गत माघमा अदालतले गरेको फैसलाका कारण लामिछानको मन्त्री, सांसद र पार्टी सभापतिको पद गुमेको थियो। चितवन क्षेत्र नम्बर २ मा बैसाख १० गते हुन गइरहेको उप निर्वाचनमा लामिछाने रास्वपाबाट उम्मेदवार छन्। यसै सन्दर्भमा यो भिडियो क्लिप फैलिएको हो।

गत फागुन १५ गते @love_is_life292 नामक टिकटक प्रयोगकर्ताले उक्त भिडियो सेयर गरेका थिए। उनले पोस्ट गरेको भिडियोमा प्रधानमन्त्री प्रचण्ड टेलिभिजनको स्क्रिनमा मोबाइलमा बोल्दै गरेको देखिन्छन् भने चारजना प्रहरीले त्यो दृश्य हेर्दै गरेको देखिन्छ।

प्रचण्डको फोनवार्तापछि समाचारको शैलीमा अडियो सुनिन्छ जसमा प्रचण्डले केही व्यक्तिलाई रवि लामिछानेका विरुद्ध उचालेको बताइएको छ। दुई मिनेट २६ सेकेण्डको उक्तमा भिडियो लामिछानेको पनि फोटो समावेश गरिएको छ। उक्त भिडियो ४ लाखभन्दा बढी पटक हेरिएको छ।

भिडियोमा प्रचण्डले भनेका छन्-

रवि जोड्ने सडक हो त्यो । उता झापातिरबाट सुवासचन्द्र नेम्वाङहरुको फोर्स लागेको छ र उताबाट बनिसकेको छ। यताबाट बन्न अनिवार्य छ। उहाँहरुलाई जनताले घेर्न थालेका छन्। एउटा कुरा के रछ भने, त्यो ठेकेदार जसलाई २०६८ सालमा ठेक्का परेको थियो, उनी रेणु यादवका ज्वाइँ रछन् फेरि। हो तपाईले सक्नुहुन्छ। म उहाँहरुलाई पठाउँछु। तपाईले ‘सिरियस्ली’ हेरेर यसलाई चाहिँ फत्ते गर्दिनु। सात किलोमिटर रछ सबभन्दा बढी ‘सेन्सेटिभ’ चाहिँ।

यस भिडियोको सत्यापनका लागि हामीले गुगलमा ‘उर्लाबारी-मधुमल्ला सडक’ राखेर खोजी गर्यौं। तर हामीले उक्त भिडियोको मुल संस्करण फेला पार्न सकेनौँ। तिनै शब्दहरु राखी फेसबुकमा खोज्दा पूर्वी कमाण्ड अनलाइनको फेसबुक पेजमा उक्त भिडियो फेला पर्‍यो । सो भिडियो कात्तिक २५, २०७९ मा सो पेजमा पोस्ट गरिएको फेला पर्‍यो। गत मङ्सिर ४, २०७९ मा आम निर्वाचन हुनुअघि प्रचार प्रसारका क्रममा प्रचण्डले कसैलाई उक्त सडकसम्बन्धी निर्देशन दिएको बुझिन्छ।

पूर्वी कमाण्ड अनलाइनकाे फेसबुक पेजमा कात्तिक २५ २०७९ मा प्रकाशित सामग्री

हामीले उक्त भिडियो सम्बन्धमा सार्वजनिक रुपमा उपलब्ध थप सामग्री वा सूचना फेला पार्न सकेनौँ । तर मोरङ जिल्लाको उर्लाबारीलाई पाँचथरको रबि भन्ने ठाउँसँग जोड्ने उक्त सडक बा रे प्रचण्डले गरेको कुराकानीलाई पूर्व मन्त्री रवि लामिछानेसँग जोडी भ्रम फैलाइएको पाइएको छ। उक्त सडकसम्बन्धी समाचार क्लिकमाण्डु र गोरखापत्रमा प्रकाशित छ।

भिडियोमा सन्दर्भ लुकाई केवल ‘रबि’ भन्ने शब्दका आधारमा दुष्प्रचार गरिएकोले नेपाल चेकले यसलाई भ्रामक ठहर गरेको छ।

यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो

शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.