काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३१ रुपैयाँ १४ पैसा र बिक्रीमा १३१ रुपैयाँ ७४ पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४३ रुपैयाँ ८९ पैसा र बिक्रीमा १४४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६३ रुपैयाँ १५ पैसा र बिक्रीमा १६३ रुपैयाँ ९० पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८८ रुपैयाँ ३० पैसा र बिक्रीमा ८८ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८३ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९ रुपैयाँ ७८ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १९ रुपैयाँ ६ पैसा र बिक्रीमा १९ रुपैयाँ १५ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३५ रुपैयाँ १३ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ५५ पैसा र बिक्रीमा २९ रुपैयाँ ६९ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९१ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९५ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा तथा बहराइनको दिनार खरिदमा ३४७ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३४९ रुपैयाँ ४४ पैसा तय गरिएको छ।