काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३१ रुपैयाँ २७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ८७ पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४३ रुपैयाँ ४८ पैसा र बिक्रीमा १४४ रुपैयाँ १३ पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६२ रुपैयाँ ७९ पैसा र बिक्रीमा १६३ रुपैयाँ ५४ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ १६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६१ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९ रुपैयाँ ७८ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १९ रुपैयाँ ३ पैसा र बिक्रीमा १९ रुपैयाँ १२ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३५ रुपैयाँ र बिक्रीमा ३५ रुपैयाँ १६ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १६ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ५५ पैसा र बिक्रीमा २९ रुपैयाँ ६९ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ८३ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ६६ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२८ रुपैयाँ ९ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५ पैसा तथा बहराइनको दिनार खरिदमा ३४८ रुपैयाँ २१ पैसा र बिक्रीमा ३४९ रुपैयाँ ८० पैसा तय गरिएको छ।