काठमाडौं– भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ ।
Advertisement
उनलाई आज बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पु¥याइएर उपचार सुरु गरिएको छ ।
नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो ।
राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो ।