काठमाडौं – आज राति १ बजेदेखि भोलि बिहान ७ बजेसम्म त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ ।
Advertisement
राति १ बजेदेखि भोलि बिहान ७ बजेसम्म विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द रहने छ ।
यो समयमा विमानस्थलमा यूपीएस जडान गरिने भएकाले उडान अवतरण रोकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
उनका अनुसार यूपीएस जडान भएपछि उडान अवतरण सामान्य रुपमा हुनेछ । विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन
विमानस्थलमा यूपीएस जडान गर्न लागिएको उनले बताए ।