काठमाडौं- नेपाल समाजवादी पार्टीले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भएको छ।
Advertisement
मंगलबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले ती क्षेत्रमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए।
उक्त पार्टीले सम्बन्धित प्रदेश र क्षेत्रका पार्टी समितिलाई निर्वाचनमा परिचालित हुन निर्देशनसमेत दिएको छ। १० वैशाखमा चितवन-२, तनहुँ-१ र बारा-२ मा उपनिर्वाचन हुँदैछ।
सो निर्वाचनमा चितवन-२ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ-१ मा गोविन्द भट्टराई उम्मेदवार छन्। श्रेष्ठ र भट्टराई सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्।