काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ५७ पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४३ रुपैयाँ ६६ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६२ रुपैयाँ ८६ पैसा र बिक्रीमा १६३ रुपैयाँ ६१ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८८ रुपैयाँ २६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३४ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७६ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९ रुपैयाँ ८२ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १९ रुपैयाँ ५ पैसा र बिक्रीमा १९ रुपैयाँ १३ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ५४ पैसा र बिक्रीमा २९ रुपैयाँ ६७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९४ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९९ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२७ रुपैयाँ ४६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४२ पैसा तथा बहराइनको दिनार खरिदमा ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३४९ रुपैयाँ १ पैसा तय गरिएको छ।