काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३० रुपैयाँ ६७ पैसा र बिक्रीमा १३१ रुपैयाँ २७ पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४३ रुपैयाँ ७५ पैसा र बिक्रीमा १४४ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६२ रुपैयाँ २२ पैसा र बिक्रीमा १६२ रुपैयाँ ९७ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८७ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २३ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ २५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७० पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९ रुपैयाँ ८१ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १९ रुपैयाँ २ पैसा र बिक्रीमा १९ रुपैयाँ १० पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३५ रुपैयाँ, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८४ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ६८ पैसा र बिक्रीमा २९ रुपैयाँ ८२ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ २ पैसा र बिक्रीतर्फ १० रुपैयाँ ६ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८५ पैसा तथा बहराइनको दिनार खरिदमा ३४६ रुपैयाँ ६० पैसा र बिक्रीमा ३४८ रुपैयाँ १९ पैसा तय गरिएको छ।