• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

वर्तमान आर्थिक सङ्कट समाधान गर्ने रणनीति बनाउनुपर्छ : अध्यक्ष ढकाल


    Avatar photo
आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति बनाएर अघि बढनुपर्ने बताउनुभएको छ ।

Advertisement

महासङ्घ ५७औँ वार्षिक साधारणसभाबाट अध्यक्षको पदभार सम्हाल्नुुभएका उहाँले मेलमिलाप केन्द्र सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर गर्दै मुलुकको आर्थिक सङ्कट समाधान गर्ने रणनीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति तयार गर्नुपर्छ, लगानीको वातावरण बनाउनुपर्छ, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने योजना बनाउनुपर्छ”, अध्यक्ष ढकालले भन्नुभयो, “दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने आफ्ना प्रमुख प्राथमिकता रहेकाले सोही अनुसार आफू र टिमले काम गर्नेछ ।”

सानो व्यवसायबाट सुरु गरेको व्यवसायी आज सिङ्गो निजी क्षेत्रको नेतृत्वदायी पदमा पुुग्दा आफूलाई गर्व लागेको उल्लेख गर्दै उहाँले यसले महासङ्घ सानाठूला सबैको साझा संस्थाप्रति खुसी व्यक्त गर्नुभयो ।

महासङ्घ सचिवालय र यसअन्तर्गका परियोजनाका कर्मचारीको उपस्थिति रहेको उक्त कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका हुने भएकाले सहयोगका लागि आग्रह गर्नुभयो ।

निर्वाचित समूह र सचिवालय एकै स्वर र लक्ष्यका साथ हिँड्न सकेमात्र महासङ्घले उचाइ लिने हुँदा सिङ्गो कर्मचारी परिवारलाई इमान्दारिता र प्रतिबद्धताका साथ सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी सञ्चालन, सेवासुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासङ्घ सचिवालयलाई एक प्रोफेसनल अर्गनाइजेसनका रूपमा सञ्चालन गर्ने उहाँको भनाइ थियो ।

“मैले यसअघि पनि तपाइँहरूबाट निरन्तर सहयोग पाउँंदै आएको छु, अध्यक्षको कार्यकालमा पनि सोही अनुसारले पाउने अपेक्षा गरेको छुु”, अध्यक्ष ढकालले भन्नुभयो, “मेरो सफलता तपाइँहरूको पनि सफलता भएकाले पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।”

महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा सचिवालयबाट पाएको सहयोगका लागि हार्दिक धन्यवाद दिँदै अध्यक्ष ढकाललाई आफ्नो पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.