• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या


आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित

बागलुङ – बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको स्वास्थ्य चौकीमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै गएको छ ।

Advertisement

जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको यस स्वास्थ्य चौकीमा एक स्वास्थ्यकर्मी मात्रैले सेवा दिँदै आएका छन् ।

स्वास्थ्य चौकी प्रमुखसमेत रहेका आशिष सापकोटाले माघदेखि एक्लै सेवा दिँदै आएका छन् । गत चैत ४ गते अनमी यशोदा सापकोटा स्वास्थ्य चौकीमा आए पनि उनले ३० गते जागिर छाडिन । तीन सातासम्म दुई स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्दा केही सहज भए पनि अहिले समस्या परेको स्वास्थ्य चौकी प्रमुख सापकोटाको भनाइ छ ।

यस स्वास्थ्य चौकीमा दुई अनमी, दुई अहेब र एक हेल्थ असिस्टेन्टको दरबन्दी भए पनि अहिले एक्लै सेवा प्रवाह गर्नुपरेको उनले बताए ।

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर पनि छ । जनशक्ति नहुँदा बर्थिङ सेन्टर सञ्चालन हुनसकेको छैन । गर्भवतीलाई सुत्केरी गराउन बागलुङ बजार झर्नुपर्ने अवस्था छ । अहिले सापकोटासँग एक कार्यालय सहयोगी कार्यरत छन् । दैनिक २० जना बिरामी आउने गरेकामा गर्मी बढेसँगै बिरामी सङ्ख्या बढ्न थालेको बताइएको छ ।

“दिनदिनै बिरामी थपिनु हुन्छ, स्वास्थ्यकर्मी म एक्लै छु, एक्लै बिरामीकौ जाँच र उपचारमा समस्या पर्ने गरेको छ, कहिलेकाहीँ एउटा बिरामीको उपचार गर्न दुई÷तीन जनाको आवश्यक पर्छ”, सापकोटाले भने, “कहिले तालिम हुन्छ, कहिले बिदा लिनुपर्ने हुन्छ, त्यो बेलामा स्वास्थ्यचौकी नै बन्द गर्नुपर्छ, आफै पनि बिरामी भइन्छ, अहिले साह्रै समस्या छ, बिरामीको सङ्ख्या पनि बढिरहेको छ, बिरामी लाइन बस्नुपर्छ, लाइनमा बस्दा पनि समस्या हुने गरेको छ ।”

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामचन्द्र लामाले अहिले नयाँ स्वास्थ्यकर्मी नियुक्त गर्ने अवस्था नभएको बताए । अगामी असार मसान्तसम्म अन्य स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी लिएर तत्कालको समस्या समाधान गर्ने लामाले बताउँछन् ।

उनी भन्छन्, “यहाँ समस्या परेको छ, अहिले भर्खरै नयाँ राख्न पनि नसकिने, आन्तरिक समस्याले गर्दा अब समाधानको उपाय त खोज्नै प¥यो, त्यसले गर्दा पालिकाका अन्य स्वास्थ्य चौकीबाट केही समयका लागि स्वास्थ्यकर्मी लिएर व्यवस्थापन गर्छौँ, असार मसान्तपछि नयाँ स्वास्थ्यकर्मी करारमा लिएर भए पनि व्यवस्थापन गर्छौँ ।”

आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.