• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

आगलागीबाट २ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट


    Avatar photo
शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

काठमाडौं- काठमाडौं महानगरपालिका-८ पशुपति आर्यघाट नजिक एक तले भवनको १,२,३,४ नम्बरको सटरमा  शुक्रबार दिउँसो आगलागी हुँदा ४ जनाले सञ्चालन गरेको पूजा सामग्री पसलका विभिन्न सामान जलेर करिब ९ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

Advertisement

दाङ तुलसीपुर उपमहानगरपालिका-३ सातबास बस्ने ६० वर्षीय बलिराज ऐरीको आगोले जलेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा बस्तुभाउलाई दाना पकाई निकाल्दा सोही आगोमा परी जलेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

गुल्मी सत्यवती गाउँपालिका-४ लिम्घा बस्ने लाल बहादुर शाहीको आगोले जलेर  शुक्रबार दिउँसो मृत्यु भएको छ । घाँस काटन गएको अवस्थामा खरेन बारीमा आगलागी हुँदा सोही आगोमा परी जलेर गम्भीर घाइते भएका उनको उद्दार गरी घरतर्फ लैजाने क्रममा बाटौमै मृत्यु भएको हो ।

यसैगरी गुल्मी ईस्मा गाउँपालिका-१ तल्लो हर्पुकोट बस्ने दिपक खत्रीको गोठमा शुक्रबार दिउँसो आगलागी भई उक्त आगो घरमा समेत फैलिएर आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रोल्पा रुन्टिगढी गाउँपालिका-६ सापडाँडा बस्ने ईश्वर बहादुर बुढाको घरमा शुक्रबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

चितवन इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित सडकमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र ०३००१ ख २५११ नम्बरको बसमा गएराति आगलागी हुँदा बस पूर्णरुपमा जलेर नष्ट भएको छ ।

बाँके डुडुवा गाउँपालिका-१ कुडुवा बस्ने तिर्थराम यादवको घरमा शुक्रबार साँझ आगलागी भई उक्त आगो बस्तीमा समेत फैलिएर तिर्थरामको घर, श्याम चन्द्र यादवको घर र शर्मा यादवको घरसमेत जलेर करिब ६ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको  छ ।

मोरङ सुनवर्षी नगरपालिका-९ खुनियाबारी बस्ने दलाल मिँयाको गोठमा शुक्रबार दिउँसो आगलागी भई उक्त आगो बस्तीमासमेत फैलिएर आगलागी हुँदा सोही ठाउँ बस्ने जमिल मिँयाको गाईगोठ, मोहमद अजिम उदिमको परालको टाल, मोहमद हसिब मिँयाको गाईगुवाली र परालको टालसमेत जलेर करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

खोटाङ खोटेहाङ गाउँपालिका-‍४ सिमखर्क बस्ने गंगा बहादुर बुढाथोकीको घरमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कपिलबस्तु शिवराज नगरपालिका-११ भदौखर्कस्थित रुकु बढईको गोठमा शुक्रबार दिउँसो आगलागी भई उक्त आगो फैलिएर आगलागी हुँदा सोही ठाउँ बस्ने मुर्ता कुर्मीको गोठ, मगरे यादवको घरको झ्यालढोका र जमन नाउको गोठ समेत जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अर्घाखाँची छत्रदेव गाउँपालिका-४ केरुङगा मौलापोखरीस्थित धनेपानी सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ठाकुर प्रसाद पराजुलीको घर र गोठमासमेत शुक्रबार दिउँसो आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको छ ।

शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.